महिला टी–२० वर्ल्डकपको फाइनल आज, अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्ने
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप २०२३ को फाइनल खेलमा आज अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दैछन् ।
यो खेल केप टाउनको न्युल्यान्ड्स मैदानमा हुनेछ । दक्षिण अफ्रिकी महिला टोली टी–२० विश्वकपको फाइनलमा पुगेको यो पहिलो पटक हो ।
यससँगै पाँच पटकको च्याम्पियन अस्ट्रेलिया छैटौं पटक उपाधि कब्जा गर्न मैदान उत्रनेछ ।
समूह चरणमा अष्ट्रेलियाले न्यूजिल्याण्ड, बंगलादेश, श्रीलंका र दक्षिण अफ्रिकालाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो ।
सेमिफाइनलमा अस्ट्रेलियाले भारतको सामना गरेको थियो । यो रोमाञ्चक खेलमा भारत पाँच रनले पराजित भयो ।
दक्षिण अफ्रिकाले फाइनलसम्मको यात्रा गर्न निकै चुनौती झेल्यो । दक्षिण अफ्रिका पहिलो खेलमा श्रीलंका र दोस्रो खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो ।
तर दुई खेल जितेर दक्षिण अफ्रिकाले सेमिफाइनलमा प्रवेश गरेको थियो भने नकआउट खेलमा इंग्ल्याण्डलाई हराउँदै पहिलो पटक फाइनलमा प्रवेश गरेको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया