नाइजेरियामा राष्ट्रपति निर्वाचनको मतगणना सुरु

काठमाडौं । नाइजेरियामा सन् १९९९ मा सैन्य शासनको अन्त्यपछिको सबैभन्दा कठिन राष्ट्रपतीय निर्वाचनमा मतगणना भइरहेको छ ।
यो निर्वाचनमा मतदानको प्रतिशत निकै राम्रो छ । शनिबार पनि मतपेटिका लुट्ने र मतदान केन्द्रमा हतियारधारीले आक्रमण गरेको छिटपुट खबर आएको छ ।
केही दलले अनियमितता भएको आरोपमा चिन्ता व्यक्त गरेका छन् ।
अफ्रिकामा ८ करोड ७० लाख मतदाता छन्। २४ वर्षअघि प्रजातन्त्रको पुनर्स्थापना भएदेखि अहिलेसम्म नाइजेरियाको राजनीतिमा दुईवटा पार्टीको वर्चस्व रहेको छ। यसमा एपीसी र पीडीपी सामेल छन्।
तर यस पटक राष्ट्रपति मुहम्मदु बुहारीको उत्तराधिकारीको दौडमा लेबर पार्टीका पिटर ओबीको कडा चुनौती छ। उनलाई मन पराउने युवाहरूको संख्या उल्लेख्य छ ।
हजारौं मतदान केन्द्रहरूमा मतगणना भइरहेको छ जुन अन्ततः राजधानी अबुजाको चुनाव मुख्यालयमा पठाइनेछ।
सन् १९६० मा बेलायतबाट स्वतन्त्र भएदेखि नै नाइजेरियाले धेरै विद्रोह र धाँधली भएको चुनाव देखेको छ। यी चुनावमा खतरनाक क्षेत्रीय र राजनीतिक मतभेद सतहमा आएका छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया