राष्ट्रपतिमा भोट माग्दै ओलीले लेखे १७ चिठ्ठी, समाजवादीले भन्यो– अहिलेलाई ‘सरी’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवारलाई मत दिन राजनीतिक दल र स्वतन्त्र सांसद गरी १७ जनालाई पत्राचार गरेका छन् । राष्ट्रपति निर्वाचनमा पार्टीका तर्फबाट सुवासचन्द्र नेम्वाङको उम्मेदवारी दर्तापछि ओलीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दल र स्वतन्त्र सांसदलाई पत्र लेखेर आफ्ना उम्मेदवारलाई मत दिन आग्रह गरेका हुन् ।
राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष मतदाता हुने व्यवस्था छ । भदौ २५ का लागि तय निर्वाचनमा एमालेबाट नेम्वाङ र कांग्रेस, माओवादीलगायत दल सम्मिलित आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन् ।
एमाले सचिव डा. भीष्म अधिकारीले संसदमा प्रतिनिधित्व गर्ने दल र स्वतन्त्र सांसद गरी १७ जनालाई पत्राचार गरिएको जानकारी दिए । यसरी पत्र लेखिएकामा कांग्रेसबाहेकका दल छन् ।
पत्रको एकीकृत समाजवादीबाहेक कुनैले जवाफ दिएका छैनन् ।
समाजवादीद्वारा सहयोग गर्न इन्कार
एमाले अध्यक्ष ओलीले आफ्नो दलबाट चोइटिएर बनेको माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई पनि राष्ट्रपति निर्वाचनमा सहयोग गर्न आग्रह गर्दै शनिबार नै पत्र पठाएका छन् । एमाले विभाजनपछि सो दलसँग निकै नै कटुतापूर्ण सम्बन्ध राखेका ओलीले पहिलो पटक सहयोग माग गर्दै पत्राचार गरेका हुन् ।
समाजवादीका नेता जगन्नाथ खतिवडाले ओलीको पत्र सकारात्मक भएको बताएका छन् । उनले यसबाट संवादको ढोका खुलेको प्रतिक्रिया दिएका छन् ।
राष्ट्रपति निर्वाचनमा भने एमालेलाई सहयोग गर्न नसकिने उनले प्रष्ट पारेका छन् । यो निर्वाचनको सन्दर्भमा दल निकै अघि बढिसकेकाले एमालेलाई साथ दिन नसकिने उनको भनाइ छ ।
‘राष्ट्रपति निर्वाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुँदा एमालेको अनुरोधलाई स्वीकार गर्ने स्थिति नभएता पनि सकारात्मक सोचका साथ राजनीतिक संवादको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण निर्माण हुनसक्दछ,’ खतिवडाले सामाजिक सञ्जालमा लेखेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया