आयुर्वेद चिकित्सालयमा स्थायी कर्मचारी घट्न थालेपछि सेवा प्रवाहमा समस्या
काठमाडौं । नरदेवीस्थित आयुर्वेद चिकित्सालयमा स्थायी दरबन्दीका कर्मचारी घट्न थालेपछि सेवा प्रवाहमा समस्या हुन थालेको छ ।
चिकित्सालयमा ९९ कर्मचारीको स्थायी दरबन्दी रहेकामा हाल ४४ स्थायी कर्मचारीमात्र कार्यरत रहेको चिकित्सालयका निर्देशक डा प्रदीप केसीले बताए।
विकास समितितिसमेत गरी ६६ कर्मचारी करारमा कार्यरत रहेको उनले जानकारी दिए । अन्यत्रबाट काजमा आएका कार्यरत कर्मचारीको संख्या आठ छ । ५१ जनालाई भने दरबन्दीकै ठाउँमा करारमा राखिएको छ ।
चिकित्सालयको संगठनात्मक तालिका नभएकाले स्थायी प्रक्रियामा विज्ञापन गरेर नियुक्तिको प्रक्रियामा जान नसकिएको अस्पताल प्रशासनले जनाएको छ । यसले गर्दा सेवा प्रवाहमा समस्या भएको छ । आयुर्वेदतर्फको केन्द्रीय अस्पतालका रूपमा रहेको चिकित्सालयमा १०० शय्या छ ।
पछिल्लो समय बिरामीको सङ्ख्या पनि बढ्न थालेको छ । हाल दैनिक तीन सय बिरामी बहिरंग सेवा लिन चिकित्सालयमा आउने गरे पनि जनशक्तिको अभावमा सेवा प्रवाहमा समस्या भएको छ । सय शय्या भएको अस्पतालमा कम्तीमा ४० नर्स चाहिने नियम भए पनि हाल यहाँ १६ जनामात्र कार्यरत छन् ।
ताजा अपडेट
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा


प्रतिक्रिया