अमेरिकाले युक्रेनलाई कस्ता हतियार पठाउँदै छ ?
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप हतियार उपलब्ध गराउने बताएका छन् । बाइडेनले घोषणा गरेको नयाँ हतियार र उपकरणमा एस-३०० लामो दूरीको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली पनि समावेश गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ । यस प्रणालीले धेरै टाढा रहेका लडाकु विमानहरुलाई आक्रमण गर्न सक्छ ।
साथै अमेरिकाले युक्रेनलाई १ सयवटा स्विचब्लेड ड्रोन्स उपलब्ध गराउने भएको छ । उक्त ड्रोनमा क्यामेरा, रिमोट नियन्त्रित उडान बमहरु हुन्छन् । ती बमलाई अपरेटरमार्फत निर्देशित गरिन्छ ।
अन्य हतियारमा एन्टी एयरक्राफ्ट स्ट्रिंगर ८ सय वटा, रुसी ट्यांकको क्षेप्यास्त्र विरोधी प्रतिरक्षालाई पराजित गर्न विशेष रुपमा प्रभावकारी साबित भएका हतियारहरु पनि रहेका छन् ।
बुधबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी संसदमा भिडियोमार्फत सम्बोधन गरेका थिए । अमेरिकी सांसदले उभिएर उनलाई अभिभावदनसमेत गरेका थिए ।
यसको केही घण्टापछि अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई अतिरिक्त सैन्य सहयोग गर्न स्वीकृति दिए । अहिलेसम्म अमेरिकाले युक्रेनलाई १ अर्ब डलर बराबरको सैन्य सहयोग गरेको छ ।
रुस र युक्रेनबीच युद्ध जारी रहेको २२ दिन पुगेको छ । युद्धविराम हुने संकेत अझै पनि देखिएको छैन । रुसले युक्रेनमाथि आक्रमण अझ बढाइरहेको बेला अमेरिकी राष्ट्रपति बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधी भनेका छन् । बाइडेनको आरोपपछि रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले आपत्ति जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया