सिटिजन्स बैंकका ग्राहकलाई मेदान्त अस्पतालमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतको गुँडगाँवस्थित मेदान्त-द मेडिसिटी अस्पतालबीच छुट सम्झौता भएको छ । उक्त सम्झौतापश्चात सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट पाउने छन् ।
गुँडगाँव, हरियाणास्थित मेदान्त अस्पतालमा अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका हुन् ।
यस किसिमको सहकार्यबाट बैंकका उल्लेखनीय ग्राहकवर्गले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेका बैंकले जनाएको छ ।
यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले पाउनेछन् । बैंकले यस्तो किसिमको सुविधा विगत तीन वर्षदेखि निरन्तर रूपमा उपलब्ध गराउँदै आइरहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया