सिटिजन्स बैंकका ग्राहकलाई मेदान्त अस्पतालमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतको गुँडगाँवस्थित मेदान्त-द मेडिसिटी अस्पतालबीच छुट सम्झौता भएको छ । उक्त सम्झौतापश्चात सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट पाउने छन् ।
गुँडगाँव, हरियाणास्थित मेदान्त अस्पतालमा अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका हुन् ।
यस किसिमको सहकार्यबाट बैंकका उल्लेखनीय ग्राहकवर्गले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेका बैंकले जनाएको छ ।
यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले पाउनेछन् । बैंकले यस्तो किसिमको सुविधा विगत तीन वर्षदेखि निरन्तर रूपमा उपलब्ध गराउँदै आइरहेको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया