ट्राफिक नियम उल्लंघन गर्ने तीन हजार बढी चालक कारबाहीमा
काठमाडौं । ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने तीन हजार एक सय ४८ चालकलाई कारबाही गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार चलाएको विशेष कारबाहीमा काठमाडौं, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लंघन गर्ने उक्त संख्यामा चालकलाई कारबाही गरेको हो ।
कार्यालयले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने एक सय १४, लेन अनुशासन पालना नगर्ने ९४, रातो बत्ती नमान्ने ५९, हर्न बजाउने ५१, नम्बर प्लेट मेटिएका २८ र अन्य दुई हजार आठ सय दुई जनालाई कारबाही गरिएको कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
ट्राफिक प्रहरीले पछिल्लो समय उपत्यकाभित्र ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाउने चालकमाथि विशेष कारबाही गर्दै आएको प्रवक्ता भट्टले बताए।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया