सन्दीपलाई दियो सर्वोच्चले विदेश जाने अनुमति
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश जाने अनुमति दिएको छ ।
नाबालिग बलात्कारको आरोप खेपिरहेकाउनलाई विदेश गएर क्रिकेट खेल्न अनुमति दिइएको हो ।
विदेश जान पाउनुपर्ने माग गर्दै लामिछानेले दायर गरेको रिटमाथि आज न्यायाधीश सपना प्रधान मल्ल र कुमाल चुडालको संयुक्त इजलासले सुनुवाइ गरेको थियो ।
उनलाई केही समयअघि उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै पासपोर्ट रोक्का गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।
हाल उनीविरूद्धको बलात्कारको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।
त्यस्तै उनलाई धरौटीमा छोड्ने आदेशलाई पनि सर्वोच्चले सदर गरिदिएको छ ।
जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको उनलाई २८ पुसमा उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया