ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु
नवलपरासी । गएराति ट्र्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका–४, देउराली–सर्दी भित्री सडकखण्डमा ट्र्याक्टर दुर्घटना हुँदा विनयी त्रिवेणी–४ का १३ वर्षीय बविन क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताए ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु४त ३०४६ नंको ट्र्याक्टर आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टन जाँदा तीन जना घाइते भएकामा क्षेत्रीको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका थप दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी पाठकले बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया