ग्रिसमा भयानक रेल दुर्घटना, १६ को मृत्यु, ८५ बढी घाइते
काठमाडौं । ग्रिसमा भयानक रेल दुर्घटना भएको छ । घटनामा १६ जनाको मृत्यु भएको छ भने ८५ भन्दा बढी घाइते छन् ।
एथेन्सबाट करिब २ सय ३५ माइल उत्तरमा अवस्थित टेम्पी नजिकै गएराति यात्रुबाहक र मालबाहक रेल ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनास्थल थेसालोनिकी र लारिसा सहरको बीचमा पर्छ ।
दुर्घटनाका क्रममा रेलका तीन वटा डिब्बामा आगलागी हुँदा ठूलो मानवीय क्षति भएको छ । समाचारहरूमा जनाइएअनुसार घाइते ८५ मध्ये २५ को अवस्था गम्भीर छ ।
उनीहरूलाई उद्धार गरेर विभिन्न अस्पतालमा पुर्याइएको छ । घाइतेको संख्या गम्भीर रहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।
दुर्घटनाको भिडियो फुटेज सार्वजनिक भएका छन् जसमा रेलका डिब्बाहरूमा आगो लागिरहेको देखिन्छ । उद्धारकर्ताहरूले आगो लागिरहेकै समय रेलका डिब्बाभित्र पसेर फसेका यात्रुको उद्धार गरेका थिए ।
समाचार एजेन्सी रोयटर्सबाट उद्धार गरिएका एक व्यक्तिले घटनापछिको अवस्थाको वर्णन गर्दै मानिसहरु आतंकित भएर कराएको जनाएका छन् ।
अर्का यात्रुले भूकम्प गएजस्तो महसुस भएको बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया