लुम्बिनी सरकार धरापमा, समर्थन फिर्ता लिने तयारीमा सत्ता साझेदार दल

काठमाडौं । संघमा सत्ता समीकरण फेरबदल भएसँगै लुम्बिनी प्रदेश सरकार धरापमा परेको छ । १२ फागुनमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको सम्बन्ध तोड्दै कांग्रेससँग सहकार्य गरेपछि प्रदेश सरकार धरापमा परेको हो ।
संघको सत्ता फेरबदलको प्रत्यक्ष असर बुधबार बस्ने लुम्बिनी प्रदेश सभामा देखिने भएको छ । दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा साना दल लोसपा र नाउपाले गिरि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । समर्थन फिर्ता लिने विषयमा कांग्रेस, माओवादीसहितको ८ दलको बैठक बस्दैछ । नयाँ सत्ता समीकरणमा कांग्रेस, माओवादी, जसपा, नेकपा एस, जपा, लोसपा, नाउपा र राजमो रहेका छन् ।
२७ पुसमा मुख्यमन्त्री गिरिलाई एमाले, माओवादीसहित ८ दलले समर्थन गरेका थिए । ५ माघमा बसेको प्रदेश सभा बैठकमा गिरिले ५७ विश्वासको मत पाएका थिए ।
८७ सदस्यीय प्रदेश सभामा एमालेको २९ सिट रहेको छ । सत्ता साझेदार दल माओवादीलेसमेत समर्थन फिर्ता लिए ४१ दिनमै गिरि सरकार ढल्नेछ । प्रदेशसभामा माओवादी केन्द्रको ९, नाउपाको ४, जसपाको ३, लोसपाको ३, जपाको ३ राजमो र एकीकृत समाजवादीको एक÷एक सिट रहेको छ ।
कांग्रेसको २७ सदस्य छन् । प्रदेश सभामा ४ सिट रहेको राप्रपाले गिरिलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । स्वतन्त्रका ३ सदस्य छन् । प्रदेशमा ४५ सिट आवश्यक पर्छ । सत्ता साझेदार दलले समर्थन फिर्ता लिए संविधान बमोजिम गिरिले तीन दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया