विराटनगर आसपासमा जिल्ला प्रशासनले किन गर्यो निषेधाज्ञा जारी ?
काठमाडौं। प्रदेश नामाकरणको विषयमा हुल्दङ्गा र झडप हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ ।
बुधबार प्रदेशसभाले नामको टुंगाे लगाउने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जारी गरिएको विज्ञप्तिमा प्रदेशको नामांकनको विषयमा शान्ति सुव्यवस्थामा खलल पुग्ने गतिविधि हुन सक्न भन्दै देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्रीको निवास र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वरपर निषेधाज्ञा जारी भएको उल्लेख छ ।
नामाकंनको विषयमा सत्तारुढ दल एमाले र कांग्रेसले कोशी प्रदेश प्रस्ताव गरेका छन् । विपक्षमा जसपा, नेकपा एस लगायतले प्रदेशको नाम किरात लिम्बुवान सगरमाथा राख्न प्रस्ताव दर्ता गरेका छन्।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया