विराटनगर आसपासमा जिल्ला प्रशासनले किन गर्यो निषेधाज्ञा जारी ?
काठमाडौं। प्रदेश नामाकरणको विषयमा हुल्दङ्गा र झडप हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ ।
बुधबार प्रदेशसभाले नामको टुंगाे लगाउने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जारी गरिएको विज्ञप्तिमा प्रदेशको नामांकनको विषयमा शान्ति सुव्यवस्थामा खलल पुग्ने गतिविधि हुन सक्न भन्दै देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्रीको निवास र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वरपर निषेधाज्ञा जारी भएको उल्लेख छ ।
नामाकंनको विषयमा सत्तारुढ दल एमाले र कांग्रेसले कोशी प्रदेश प्रस्ताव गरेका छन् । विपक्षमा जसपा, नेकपा एस लगायतले प्रदेशको नाम किरात लिम्बुवान सगरमाथा राख्न प्रस्ताव दर्ता गरेका छन्।

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया