मापसे गरेर स्कुल बस चलाउने १ जनासहित ८७ जना चालक कारबाहीमा
काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार बिहान गरिएको विशेष चेकिंङका क्रममा मापसे गरेर स्कुल बस चलाउने १ जना सहित ८७ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा आज बिहान गरेको विशेष चेकिङका क्रममा विविध कसुरमा ८७ जना चालकहरू कारबाहीमा परेका हुन् । चेकिङकै क्रममा मापसे गरी सवारी साधन चलाउँदै गरेका १ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुङमति स्थित त्रिरत्न माध्यमिक विद्यालयको बागमती प्रदेश-०१-००६ ख ४६ २९ नम्बरका बसका चालक काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका ११ का २७ वर्षीय बुद्ध लामालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । कोटेश्वरमा भइरहेको चेकिङमा लामाले मदिरा पिएर स्कुल बस चलाएको पाईएपछी उनलाई नियन्त्रणमा लिएर प्रहरी प्रभाग कोटेश्वरमा बुझाइएको छ । त्यसै गरी अवस्था ठिक नभएका स्कुल बस चलाउँदै गरेका २ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
विशेष चेकिङकै क्रममा कागजपत्र साथमा नराख्ने, सवारी साधनको अवस्था ठिक नराख्ने लगायत विविध कसुरमा २३ जना पानी ट्याङकरका चालकहरू पनि कारबाहीमा परेका छन् । नयाँसपार्कमा १५, कीर्तिपुरमा ३, कलंकी र काँडाघारीमा २/२ र न्यूरोड क्षेत्रमा १ जना गरी २३ जना ट्याङ्करका चालकहरू कारबाहीमा परेका हुन् । यसका साथै अन्य विविध कसुरमा पनि ६१ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौँ उपत्यकाको ट्राफिक आवागमनलाई सहजीकरण गर्न, सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालना गराउने उद्देश्यका साथ ट्राफिक प्रहरीले नियमित तथा विशेष चेकिङ गर्दै आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् । सवारी दुर्घटनामा कमी ल्याउन र नियम कानुनको परिपालना गर्ने कार्यमा ट्राफिक प्रहरीले चालेको अभियानमा सम्बन्धित सबैको सहकार्य आवश्यक रहेको पनि प्रवक्ता भट्टले बताएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया