होलीजस्तै ‘सुन्तला युद्ध’
काठमाडाैं । आज फागुपूर्णिमा । देशभर एक अर्काबीच रङ दलेर हर्षोल्लासका साथ यस पर्व मनाइन्छ । साथीभाइ, परिवार सबैबीच सौहार्द वातावरणमा मनाइने होली जस्तै रमाइला किसिमका पर्व विश्वका अन्य देशमा पनि मनाइन्छ । यसमा सहभागी हुनका लागि टाढा टाढाबाट ठूलो संख्यामा पर्यटकहरु आउँछन् । यस्तै एउटा पर्व इटालीमा पनि मनाइन्छ ।
सुन्तला लडाई
फेबु्रअरी महिनामा इटालीको इव्रेया सहरमा सुन्तलाको युद्ध हुन्छ । यो युद्ध तीन दिनसम्म जारी रहन्छ । लाखौंको संख्यामा स्थानीय र पर्यटकहरु यस उत्सवमा सहभागी हुन्छन् ।
१८ औं शताब्दिमा तानाशाह रानेरी डि बियानद्राते इव्रेयाका प्रत्येक नयाँ दुलहीसँग पहिलाे रात बिताउँथे । यसको विरोध गर्ने हिम्मत वाइलेटा नामकी युवतीले गरेकी थिइन् । विवाहको दिन उनले तरबार साथमै लुकाएर राखेकी थिइन्, तानाशाह राति उनको नजिक आउनासाथ शरीर र टाउको छुट्याइदिइन् । यसपछि शाही सेना र स्थानीय बीच युद्ध सुरु भएको थियो । त्यही दिनको सम्झनामा इटालीमा ओरेन्ज ब्याटल अर्थात सुन्तलाले हानेर युद्ध सम्झिन्छन् ।
यसको माध्यामबाट जनताले तानाशाहीविरुद्ध कसरी आवाज उठाएका थिए भन्ने प्रस्तुत गरिन्छ । सडकबाट सुन्तला फ्याँक्नेहरूलाई जनता मानिन्छन् । कार्ट (गाडा) मा बसेका व्यक्तिहरु सैनिक मानिन्छ । केही समूहका व्यक्तिहरूले गाडामाथि बसेर सडकमा बसेका मानिसलाई सुन्तलाले हान्छन् र यसकाे प्रतिकारमा जनताहरूले पनि उनीहरू माथि सुन्तला प्रहार गर्छन् । सुन्तलालाई युद्धमा प्रयोग हुने तीरको प्रतीक मानिन्छ ।
प्रत्येक वर्ष एक विवाहित महिलालाई वाइलेटाको रुपमा चुनिन्छ । उक्त युद्धमा झन्डै ७०० टन सुन्तला लैजाने गरिन्छ । यस युद्धमा इटाली र अन्य युरोपेली देशबाट आएका कलाकारले लोक संगीत तथा नृत्य प्रस्तुत गर्छन् ।
पहिलो दिन मानिसहरुले परम्परागत खाना खान्छन् । दिउँसाबाट सुन्तला युद्ध सुरु हुन्छ । उक्त युद्ध दोस्रो दिन पनि जारी रहन्छ । तेस्रो दिन कार्निवाल सुरु हुन्छ । साँझ मृतकको यादमा मार्च निकालिन्छ । चौथो दिन कार्निवाल समाप्तिको घोषणा गरिन्छ ।



ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया