बिग्रिएको मूड कसरी ठिक पार्ने ?
एजेन्सी । रिस र तनाव कुनै पनि व्यक्तिको जीवनको लागि हानिकारक छ । तर पनि रिस र तनावले व्यक्तिलाई छाेड्दैन् । व्यक्ति सानाे सानाे कुरामा रिसाउँछ र तनावमा पनि रहिरहन्छ । जसले उनीहरूकाे मूड बिग्राछ र उसकाे दैनिकी मै प्रभाव पार्छ ।
मुड ठिक गर्न धेरै कोशिस गर्दा पनि ठिक गर्न सकिदैन् । व्यक्तिकाे मूड खराब हुँदा न त उसले केही काममा मन लगाउँछ न त उसमा जाँगर नै हुन्छ । यसले उनीहरू परिवार, र साथीहरूबाट टाढा हुन थाल्नछन् । र एक्लै बस्न रुचाउँछन् । उसलाइ न कसैसँग कुरा गर्न मन लाग्छ न समय बिताउन ।
कसरी सुधार्ने मूड ?
सबैभन्दा पहिले आफ्नो मुड ठीक गर्ने प्रयास गर्नुहोस । यसका लागि तपाईको आहारमा पनि उपयुक्त खाना हुनुपर्छ । जसले तपाईको दिमाग पनि नियन्त्रण गरोस् । मूड बिग्रेको समयमा ओखर, ड्राई फ्रुट्स, खानुहोस् । यसले तपाईको दिमाग र स्वास्थ्य स्वस्थ राख्छ ।
त्यस्तै, धेरै व्यक्ति मुड खराब हुँदा रक्सी चुरोटको सेवन गर्छन् । तर यी पदार्थले तपाइको बिग्रेको मूडलाई झन बिगार्छ । मुड खराब भएको समय रक्सीको सेवन गर्दा यसले गलत प्रभाव पार्छ । तपाई मूड ठिक गर्न ध्यान गर्न सक्नुहुन्छ । ध्यान योग र साधानाले मन र शरीर दुवैलाई हल्का बनाउँछ र तपाइ पुन पहिलेको जस्तो मूडमा आउनुहुन्छ ।
तपाईको मूड खराब छ भने सकारात्मक सोच र भनाइहरु सुन्नुहोस् । यसले पनि तपाईको दिमाग सकारात्मक बनाउँछ । त्यस्तै, मूड ठिक नहुँदा फ्रेस वातावरणमा बस्ने, घुम्न जाने तथा साथीभाइ सँग समय बिताउने गर्नुपर्छ । यसले तपाईको दिमाग ताजा बनाउँछ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया