बिहान चियाको विकल्पमा के पिउने ?
एजेन्सी । हामी सबैले दिनको सुरुआत एक कप चियाबाट गछौं । भनिन्छ, बिहानको सुरुवात राम्रो भयो भने दिन पनि राम्रो बित्छ । त्यसैले दिनभर ताजा रहन र शरीरलाई स्वस्थ राख्न बिहानको सेवन स्वस्थ्य हुनु उतिकै आवश्यक छ ।
अध्ययनका अनुसार बिहान खाली पेटमा चिया–कफी पिउनाले एसिडिटी र पेटसम्बन्धी रोग लाग्न सक्छ । त्यसैले बिहान उठ्नेबित्तिकै चिया र कफी पिउनुको सट्टा ऊर्जाले भरिपूर्ण र शरीरलाई स्वस्थ राख्ने पेय पदार्थ सेवन गर्नुपर्छ ।
दूध
स्वास्थ्य विज्ञहरूका अनुसार बिहान चिया वा कफिको सट्टा दूध पिउने बानी राम्रो मानिन्छ । दूध पौष्टिक तत्वले भरिपूर्ण छ । यसमा पाइने भिटामिन, क्याल्सियमले हड्डी तथा मांशपेशी बलियो बनाउँछ । जसले तपाईको दिन पनि उर्जावान रहन्छ ।
कागती पानी
कागती पानीलाई उर्जाको पेयसमेत भनिन्छ । यसले शरीरमा डिहाइड्रेसनको समस्या कम गर्छ । त्यसैले बिहान चियाको विकल्पमा मनतातो पानीमा कागती राखेर पिउने गनुहोस् । यसले पाचन प्रणाली र रोग प्रतिरोधात्मक क्षमतामा सुधार गर्छ भने तौलसमेत नियन्त्रणमा राख्छ ।
नरिवल पानी
नरिवल पानी पनि स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । यसमा हुने गुणले दिनभर शरीरमा उर्जाको कमी हुँदैन् । बिहान बिहान एक गिलास नरिवलको पानी पिउँदा यसले शरीर उर्जाशिल बनाइराख्छ ।
फलफूलको जुस
बिहान ताजा फलफूलको जुस पिउनु भनेको शरीरलाई दिनभरीका लागि उर्जा दिनु हो । फलफूलले शरीर स्वस्थ राख्छ र उर्जा दिन्छ । त्यसैले बिहान चिया वा कफिको विकल्पमा जुस पिउँनु राम्रो मानिन्छ । हरेक फलको जुस स्वास्थ्यका लागि उपयुक्त हुन्छ । तर बिहान खाली पेटमा अमलाको, एलोभेराको, अनारको र लौकाको जुस खानु बढी लाभदायिक हुन्छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया