अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सानिमा बैंकको ‘बचत र क्यासब्याक संगसंगै’ योजना सार्वजनिक

काठमाडाैं । सानिमा बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘बचत र क्यासब्याक संगसंगै’ योजना सार्वजनिक गरेको छ ।
उक्त योजना २०७९ चैत्र १ गतेसम्म लागू हुने बैंकले जनाएको छ । योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ जारी गरिनेछ । यसका साथै, उक्त ग्राहकहरुलाई कार्ड वा क्युआर कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत वा ५०० रूपैयाँ सम्मको क्यासब्याक प्रदान गरिनेछ । बैंकका अनुसार क्यासब्याक २०७९ चैत्र १७ गतेसम्म गरिने कारोबारमा लागू हुनेछ ।
सानिमा बैंकले नारीहरुको सम्मानमा यो योजना ल्याएको जनाएको छ । सानिमा नारी बचत खाता अनलाइन खोल्नका लागि बैंकको वेबसाइट अथवा https://onlineaccount.sanimabank.com/#/login क्लिक गरी खोल्न सकिनेछ ।
सानिमा बैंकको सातै प्रदेशमा १३० कार्यालयहरु र १२३ वटा एट.एम सञ्जाल संचालनमा रहेका छन् ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया