अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सानिमा बैंकको ‘बचत र क्यासब्याक संगसंगै’ योजना सार्वजनिक
काठमाडाैं । सानिमा बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘बचत र क्यासब्याक संगसंगै’ योजना सार्वजनिक गरेको छ ।
उक्त योजना २०७९ चैत्र १ गतेसम्म लागू हुने बैंकले जनाएको छ । योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ जारी गरिनेछ । यसका साथै, उक्त ग्राहकहरुलाई कार्ड वा क्युआर कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत वा ५०० रूपैयाँ सम्मको क्यासब्याक प्रदान गरिनेछ । बैंकका अनुसार क्यासब्याक २०७९ चैत्र १७ गतेसम्म गरिने कारोबारमा लागू हुनेछ ।
सानिमा बैंकले नारीहरुको सम्मानमा यो योजना ल्याएको जनाएको छ । सानिमा नारी बचत खाता अनलाइन खोल्नका लागि बैंकको वेबसाइट अथवा https://onlineaccount.sanimabank.com/#/login क्लिक गरी खोल्न सकिनेछ ।
सानिमा बैंकको सातै प्रदेशमा १३० कार्यालयहरु र १२३ वटा एट.एम सञ्जाल संचालनमा रहेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया