एक साता नपुग्दै हलबाट ‘छड्के २’ लाई बाईबाई

काठमाडौं । नायक अनमोल केसी अभिनित चलचित्र ‘छड्के २’ रिलिज भएको एक साता पनि नपुग्दै हलबाट बाहिरिएको छ । दर्शकको साथ नपाएपछि यो चलचित्रलाई क्यूएफएक्स चेनले सबै हलबाट उतारेको हो । अन्य हलहरूले पनि उसैगरी प्रदर्शन बन्द गरेका छन् ।
छड्के २ र छक्कापञ्जा ४ गत शुक्रबार एकसाथ रिजिल भएका थिए । छक्कापञ्जाले राम्रो व्यापार गरिरहँदा छड्के २ प्रति भने दर्शकको आकर्षण हुन सकेन । छड्के २ बारे आएको लगातारको खराब समीक्षाले पनि दर्शकलाई विकर्षित गरिएको ठानिएको छ ।
अनमोल अभिनित फिल्म असफल नै हुँदैन भन्ने मानक पछिल्लो समय विकास भएर गएको थियो । हुन पनि उनका अघिल्ला कुनै पनि फिल्म असफल बनेका थिएनन् । यो असफलताको अपजसको सबैभन्दा ठूलो भारी निर्देशक निगम श्रेष्ठलाई बोकाइएको छ । फिल्म डुबाउनुको साथै अनमोलको भर्भराउँदो करिअरमा समेत संकट उत्पन्न गराएको आरोप उनीमाथि छ ।
ताजा अपडेट
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
-
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
प्रतिक्रिया