अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा टोखामा निः शुल्क स्वास्थ्य शिविर
काठमाडौं । टोखा नगरपालिकाले ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
नगरपालिकाले धापासी स्वास्थ्यचौकी र ग्रीनलाइफ हेल्थ केयरको प्राविधिक सहयोगमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको हो । स्वास्थ्य शिविरको उद्घाटन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले महिला आन्दोलनबाट प्राप्त अधिकारलाई रक्षा गर्ने प्रमुख जिम्मेवारी महिलाकै भएको बताए । महिला आन्दोलनका कारण देशले महिला राष्ट्रपति पाएको उनको भनाइ थियो ।
‘मङ्गलादेवी सिंह, साहना प्रधानलगायतले नेपालमा महिला हकअधिकार रक्षाका लागि संघर्ष गरेको कारण अहिले देशका हरेक स्थानमा महिला सहभागीता बढेको छ’, उनले भने । टोखा नगरपालिकाले स्वास्थ्य र शिक्षालाई निःशुल्क गर्नका लागि विभिन्न कार्यक्रम अगाडि सारेको उनको भनाइ थियो । टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले महिला सशक्त भएमात्र देशको विकास हुने बताए ।
तेत्तिस प्रतिशत अधिकार महिला आन्दोलनका कारण प्राप्त भएको उनको भनाइ थियो । उपप्रमुख तामाङले नगरपालिकाभित्रका महिलाको निरन्तर स्वास्थ्य परीक्षण गर्ने बताए । ग्रीनलाइफ हेल्थ केयरका डा क्षितिज सापकोटाले ग्रीनलाइफ हेल्थ केयरलाई सामुदायिक अस्पतालका रुपमा विकास गर्न लागिएको बताए ।
टोखा नगरपालिका वडा नं ७ का वडाअध्यक्ष नरोत्तम रानाले निःशुल्क स्वास्थ्य शिविरअन्तर्गत स्त्रीरोग विशेषज्ञ परामर्श, पाठेघर मुखको क्यान्सर जाँच, प्रयोगशाला जाँच, भिडियो एक्सरे र औषधि वितरण निःशुल्क रुपमा गरिने जानकारी दिए। आज हुने निःशुल्क महिला स्वास्थ्य जाँचमा टोखाभित्रका दुईसय १४ महिलाले नाम दर्ता गरेको महिला शाखाकी अधिकृत विमला वाग्लेले जानकारी दिए ।
ताजा अपडेट
-
कोशीको राजनीतिमा रोचक दृश्य: एकातिर मुद्दा, अर्कातिर सत्ता
-
विश्वकप त्रिकेटः नेपालको समूहमा रहेको श्रीलंकाद्वारा टोली घोषणा
-
ललितपुरमा भएको दुर्घटनामा बालिकाको मृत्यु
-
मन्त्रिपरिषद् बैठकः एआइजीको बढुवा, समाज कल्याणमा नियुक्ति
-
कस्तो हुनुपर्छ शैक्षिक र व्यवसायिक अन्तरसम्बन्धको मोडल ?
प्रतिक्रिया