निजमती सेवा अस्पतालमा राष्ट्रिय स्तरका व्यक्तित्वलाई उपचार छुटको गृहकार्य हुँदै
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती सेवा अस्पताल सातै प्रदेशमा विस्तारसँगै त्यहाँ राष्ट्रिय स्तरका व्यक्तित्वको उपचार छुटमा पनि गृहकार्य भइरहेको बताएका छन् ।
मन्त्रालयले निजामति अस्पताललाई सातै प्रदेशमा विस्तार गर्ने र राष्ट्रिय कलाकार, राष्ट्रिय खेलाडी, राष्ट्रिय व्यक्तित्व, शिक्षक र सहिद एवं बेपत्ता परिवारका सदस्यलाई पनि निजामति अस्पतालमा छुटमा उपचार गर्ने व्यवस्थाका लागि गृहकार्य भइरहेको उनले बताए ।
निजामति अस्पतालमा सुधार गर्ने विषयलाई पनि आफूले प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री मोदीको भनाइ छ ।
‘राष्ट्रिय स्तरमा ख्याती पाएका व्यक्तिहरू उपचार नपाएर मृत्युको मुखमा नपुगुन् भन्ने उद्देश्यले यो प्रक्रिया अघि बढाइन लागिएको हो,’ उनले भने ।
आज मन्त्रालयमा भएको पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री मोदीले यस्तो बताएका हुन् ।
दुर्गम क्षेत्रमा काम गर्नेको कार्य सम्पादनसम्बन्धी छुट्टै व्यवस्था गरिने र आगामी पिँढीका लागि सुशासन कायम गराउन निजामती सेवा विधेयकमा राम्रा व्यवस्था गरिएको उनले बताए ।
देशभरका दुई सयभन्दा बढी स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेकामा आफू मन्त्री नियुक्त भएर आएपछि ९० जनालाई सरुवा गरी पठाएको जानकारी पनि कार्यक्रममा उनले जानकारी गराए । अबदेखि स्थानीय तहमा निमित्त नदिने उनको प्रतिबद्धता छ।
छलफलमा कर्मचारी सरूवामा भएका विकृती, विचाराधीन अवस्थामा रहेको निजामती सेवा ऐन, प्रशासनिक संघीयता कार्यान्वयन, जनशक्तिको क्षमता विकास तथा तालिमलगायतका विषय उठान भएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया