मेन्छियाम हाइड्रोपावरको आइपिओमा आवेदन दिने म्याद थप
काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) मा स्थानीय बासिन्दाको लागि म्याद थप गरिएको छ ।
स्थानीय बासिन्दाले उक्त आइपिओमा चैत्र ७ गतेसम्म आवेदन दिन पाउनेछन् । वैदेशिक रोजागरीमा रहेका नेपालीले भने आज कार्यालय समयभित्र मात्रै आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले फागुन १० गतेबाट आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ बिक्री खुला गरेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार तीन सयको १० प्रतिशत अर्थात् पाँच करोड ४२ लाख ५८ हजार तीन सय बराबरको प्रतिसेयर एक सय दरका पाँच लाख ४२ हजार पाँच सय ८३ कित्ता सेयर आयोजना प्रभावित क्षेत्र सङ्खुवासभाको स्थानीय बासिन्दाका लागि निष्कासन गरेको हो ।
यसमा अतिप्रभावित क्षेत्र सङ्खुवासभाको साविक सिद्धिकाली, सिद्धपोखरी र मावादीन गाविसका बासिन्दामा दुई लाख ७१ हजार दुई सय ९२ कित्ता र अतिप्रभावित क्षेत्रबाहेक सङ्खुवासभाका बासिन्दामा दुई लाख ७१ हजार दुई सय ९१ कित्ता छुट्याइएको छ । त्यस्तै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुने एक लाख आठ हजार पाँच सय १७ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृतिप्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरिएको कम्पनीले जनाएको छ ।
स्थानीय लगानीकर्ताले सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया