भूगोल इनर्जीको आइपिओमा स्थानीयको लागि आवेदन दिने समय थप
काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको आइपिओमा स्थानीय बासिन्दाको लागि समय थप गरेको छ ।
स्थानीय बासिन्दाले अब चैत्र ७ गतेसम्म आइपिओमा दिन सकिने कम्पनीले जनाएको छ ।
वैदेशिक रोजगारीम रहेका नेपालीले भने आज कार्यालय समयभित्र मात्रै आवेदन दिन सक्नेछन् ।
कम्पनीले फागुन ८ गतेबाट आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओको बिक्री खुला गरेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ५४ करोड ४० लाख ५३ हजार चार सयको १० प्रतिशत अर्थात् पाँच करोड ४४ लाख पाँच हजार तीन सय बराबरका प्रतिसेयर एक सय दरका पाँच लाख ४४ हजार ५३ कित्ता सेयर आयोजना प्रभावित क्षेत्र दैलेखका बासिन्दाका लागि निष्काशन गरेको छ ।
त्यसमा अतिप्रभावित क्षेत्र दैलेखको नौमुले द्वारी–३ का बासिन्दाका लागि दुई लाख ७२ हजार २६ कित्ता र प्रभावित क्षेत्र दैलेखको नौमुले द्वारी–३ बाहेकका बासिन्दाका लागि दुई लाख ७२ हजार २७ कित्ता छुट्याइएको छ ।
त्यस्तै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुने एक लाख आठ हजार आठ सय ११ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीका लागि निष्काशन गरिने कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया