कहाँ छ अमेरिकाबाट ल्याएको साँढे ?
काठमाडौं । अमेरिकाको सिकागोबाट हवाईजहाजमा ल्याइएका सात वटा साँढे नेपाल पशु प्रजनन केन्द्र पोखरामा २१ दिने क्वारेन्टाइनमा राखिएका छन् ।
तीन दिनको जहाज यात्राबाट फागुन ११ गते काठमाडौं ल्याइएको साँढे फागुन १४ गते पोखरा लगिएको थियो । ती साँढेलाई गाईको नश्ल सुधार तथा दूध विकासका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खरिद गरेको हो ।
नेपाल ल्याइएका साँढेहरूमध्ये दुई वटा शतप्रतिशत शुद्ध होलस्टन जातका हुन् भने पाँच वटा शतप्रतिशत शुद्ध जर्सी ।
नौ महिना उमेर समूहका साँढेलाई अब एक वर्ष पालेपछि बीर्य उत्पादनका लागि योग्य हुन्छन् ।
केन्द्रका सूचना अधिकारी डा. जगतबन्धु नेपालीले २१ दिने क्वारेन्टाइनमा राखिएको साँढेको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।
साँढेको नियमित चेकजाँच गरिएको र २१ दिनपछि अरू साँढेसँग राखिने गोरखापत्र दैनिकमा खबर छ । सो केन्द्रमा हाल ३७ साँढे छन् । केन्द्रमा रहेका साँढेबाट साताको दुई पटक बीर्य निकाल्ने गरिन्छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया