नेविसंघका सिटौला पक्षधर विद्यार्थीले किन बोलाए अलग्गै भेला ?

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ ( नेविसंघ) का कृष्णप्रसाद सिटौला पक्षधरले छुट्टै भेला आह्वान गरेको छ । स्ववियु निर्वाचनको संघारमा नेविसंघभित्र विवाद चर्किरहेका बेला सिटौला पक्षधर विद्यार्थीले शुक्रबार बिहान अलग्गै भेला डाकेका हुन् ।आह्वान गरेका
नेविसंघका सिटौला पक्षधर एक नेताले अहिले बिहान ८ बजे बाल्मिीकि क्याम्पसमा भेला डाकिएको बताए ।
भेलामा नेविसंघका पूर्वनेता तथा बागमती प्रदेश सभा सदस्य कुन्दनराज काफ्ले, नेपाली कांग्रेस, बाग्लुङका सभापति जीत शेरचन, नेविसंघका पूर्व उपाध्यक्ष रामप्रसाद अधिकारीलगायत नेताले सम्बोधन गर्ने तय छ ।
स्ववियु निर्वाचन नजिकिँदै जाँदा नेविसंघमा संस्थापन पक्ष हाबी हुँदै गएको छ । निर्वाचनमा संस्थापन पक्ष हाबी हुने आशंकाबीच भेला डाकिएको र यसले आगामी रणनीतिलगायत विषयमा साझा धारणा तय गर्ने एक नेताले जानकारी दिए ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया