फाल्गुनन्द गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

शंकर चापागाईं , फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता विहिबार देखि सुरु भएको छ । फाल्गुनन्द गाउँपालिकाको आर्थिक सहयोगमा फाल्गुनन्द २ स्थित सत्यहाङ्मा माध्यमिक विद्यालय इम्बूङमा विहिबारदेखि प्रतियोगिता सुरु भएको हो ।
खेलकुदको प्रतियोगिताको संघिय सरकारका पूर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले उद्धघाटन गरेका थिए । सो क्रममा मन्त्री नेम्वाङ खेलकुदको विकास अपरिहार्य रहेको बताए ।
प्रतियोगितामा गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको खेल आयोजक मूल समितिका सचिव तथा सत्यहाङ्मा माध्यमिक विद्यालयका प्रधानाध्यापक रामभक्ति नेम्वाङले जानकारी दिए ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा छात्र तथा छात्राहरुको भलिबल, कबड्डी, विभिन्न दुरीका दाैड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, कराँते, तेक्वान्दो,उसुज्याभलिङ थ्रो,सटपुट लगायत खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिता भोलिसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया