कस्तो छ आजको माैसम ?
काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज मुलुकका पहाडी भू–भागमा मौसम आंशिकदेखि सामान्य बदली हुने छ ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
यसैगरी राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ । गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
ताजा अपडेट
-
उपेन्द्र यादबले सरकार छाड्दै, मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा प्रधानमन्त्री
-
चेन्नईको जितसँगै आइपिएलको ‘प्लेअफ’ समिकरण प्रतिस्पर्धा रोचक बन्दै
-
कलंकी नापीका कर्मचारी भ्रष्टाचारी ठहर
-
विकल पौडेलविरुद्ध ४० करोड भ्रष्टाचारको मुद्दा दायर
-
प्रहरीका उच्च अधिकारीको बढुवा र पदस्थापनमा
प्रतिक्रिया