रक्सी खाएर होहल्ला गर्ने प्रहरी निलम्बित
काठमाडौं । रक्सी खाएर सडकमा अमर्यादित हर्कत गर्ने प्रहरी जवान संजिवकुमार राय निलम्बनमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, सप्तरीमा कार्यरत प्रहरी जवान रायले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडि शुक्रबार सवारी चेकजाँच गरेका थिए । त्यसक्रममा स्थानीयले प्रतिकार गरेपछि उनी अर्धनग्न भएर गालीगलौजमा उत्रिएका थिए । पछि यससम्बन्धी भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको थियो । घटनालाई लिएर स्थानीय र सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरेपछि जिल्ला प्रहरी कार्यालय, सप्तरीले निलम्बन गरेको हो ।
सो कार्यालयका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले यसबारे छानबिन गर्न रायलाई निलम्बन गरिएको जानकारी दिए ।
प्रहरी जवान रायसँगै अन्य व्यक्तिले पनि शुक्रबार होहल्ला गरेर सडकमा तमासा देखाएका थिए । त्यसमा संलग्नमध्ये ६ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया