सरकारको चालु खाता २९ अर्ब ६४ करोडले घाटामा
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्ममा सरकारको चालु खाता रू २९ अर्ब ६४ करोडले घाटामा रहेको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवको तुलनामा चालु खाता घाटा घटेको देखिएको हो । आर्थिक वर्ष २०७८/७९ को माघसम्ममा चालु खाता रू चार खर्ब ११ अर्ब ३४ करोडले घाटामा रहेको थियो ।
यही अवधिमा शोधनान्तर स्थिति भने बचतमा देखिएको छ । माघ मसान्तसम्ममा शोधनान्तर स्थिति रू एक खर्ब ३३ अर्ब २१ करोडले बचतमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू दुई खर्ब ४७ अर्ब ३ करोडले घाटामा रहेको थियो ।
त्यसैगरी चालु आर्थिक वर्षको सात महिनामा नेपालले भित्र्याएको खुद प्रत्यक्ष वैदेशिक लगानी रू एक अर्ब चार करोड रहेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा सरकारले रू १६ अर्ब २९ करोड बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया