श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु
बनियानी । झापाको बिर्तामोड नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । बिर्तामोड–५ का ४० वर्षीय कमल राउतले कुटपिट गर्दा ३९ वर्षीया खेमजुङ गुरुङको मृत्यु भएको हो ।
गए राति राउतले घरायसी विवाद हुँदा खेमजुङलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । श्रीमानको कुटाइबाट गम्भीर घाइते उनको बिर्तामोडस्थित कनकाई अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो ।
नोबेल अस्पतालमा पनि उपचार हुन नसकेपछि आफन्तले बिर्तामोडस्थित माइती घर ल्याएकामा गए राति मृत्यु भएको हो । घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धान अघि बढाएको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया