जसपाकी उम्मेदवार यादवले लिइन् उम्मेदवारी फिर्ता
काठमाडौं । जसपाबाट उपराष्ट्रपति निर्वाचनमा उम्मेदवार रहेकी प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन् ।
पार्टीकै अर्का उम्मेदवार रामसहाय यादवलाई समर्थन गर्दै सोमबार उनले आफ्नो उम्मेदवारी फिर्ता लिएको स्वघोषणा गरेकी हुन् ।
गठबन्धनबाट उम्मेदवार रहेका रामसाय नेपालको निरंकुशताको विरूद्ध त्याग र संघर्ष गरेका नेता भएकाले आफ्नो उम्मेदवारी फिर्ता लिएर समर्थन गरेको विज्ञप्तिमा उल्लेख छ । साथै उनलै गठबन्धनबाट आधिकारीक उम्मेदवार रामसहाय भएकाले अत्याधिक मतले विजयी गराउन आग्रहसमेत गरेकी छिन् ।
तर उनले उम्मेदवारी फिर्ता लिएको स्वघोषणा गरेपनि उम्मेदवारको अन्तिम नामावली सूचीमा उनको नाम प्रकाशित भइसकेको छ । गठबन्धनबाट नै तीन जनाको उम्मेदवारी परेपछि आधिकारिक निर्णय लिन नेताहरूलाई सकस भएको थियो । यादवले उम्मेदवारी फिर्ता लिएपछि गठबन्धनबाट ममता झा र यादवको मात्र उम्मेदवारी कायम रहेको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया