जसपाकी उम्मेदवार यादवले लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं । जसपाबाट उपराष्ट्रपति निर्वाचनमा उम्मेदवार रहेकी प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन् ।
पार्टीकै अर्का उम्मेदवार रामसहाय यादवलाई समर्थन गर्दै सोमबार उनले आफ्नो उम्मेदवारी फिर्ता लिएको स्वघोषणा गरेकी हुन् ।
गठबन्धनबाट उम्मेदवार रहेका रामसाय नेपालको निरंकुशताको विरूद्ध त्याग र संघर्ष गरेका नेता भएकाले आफ्नो उम्मेदवारी फिर्ता लिएर समर्थन गरेको विज्ञप्तिमा उल्लेख छ । साथै उनलै गठबन्धनबाट आधिकारीक उम्मेदवार रामसहाय भएकाले अत्याधिक मतले विजयी गराउन आग्रहसमेत गरेकी छिन् ।
तर उनले उम्मेदवारी फिर्ता लिएको स्वघोषणा गरेपनि उम्मेदवारको अन्तिम नामावली सूचीमा उनको नाम प्रकाशित भइसकेको छ । गठबन्धनबाट नै तीन जनाको उम्मेदवारी परेपछि आधिकारिक निर्णय लिन नेताहरूलाई सकस भएको थियो । यादवले उम्मेदवारी फिर्ता लिएपछि गठबन्धनबाट ममता झा र यादवको मात्र उम्मेदवारी कायम रहेको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया