नेपाललाई तेस्रो सफलता, तीनै विकेट सोमपालको नाममा
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले युएईविरुद्ध सुरुवातमै तीन सफलता हात पारेको छ ।
सुरुका तीनवटै विकेट सोमपाल कामीले लिएका छन् । नेपालले ३.५ ओभरमा नै पहिलो सफलता हात पारेको थियो । बलर सोमपाल कामीले ६ रन बनाएर खेलिरहेका चिराग सुरीलाई आशिफ शेखबाट क्याचआउट गराएका थिए । लगत्तै ५.१ ओभरमा भृत्य अरविन्दलाई कामीले नै आशिफ शेखरबाटै क्याचआउट गराए ।
९.१ ओभरमा सोमपाले ज्ञानेन्द्र मल्लमार्फत् मोहम्मद वासिमलाई पनि क्याचआउट गरे । वासिम निक्कै खतरनाक ब्याटर मानिन्छन् । सुरुवातमै तीन प्रमुख विकेट लिएर नेपालले खेल आफ्नो नियमन्त्रणमा लिएको छ ।
१० ओभरको समाप्तीमा युएईल तीन विकेट क्षतिमा ३५ रन जोडेको छ । युएईले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया