३९७ जनाको आँखाको निःशुल्क शल्यक्रिया

सर्लाही । सर्लाहीको बागमती नगरपालिका– ८ स्थित शङ्करपुरमा तीन सय ९७ जनाको आँखाको निःशुल्क शल्यक्रिया भएको छ ।
तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंको संयोजन र नगरपालिकाको आयोजनामा एक सातासम्म सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा मोतिविन्दुको समस्या देखिएका उनीहरुको निःशुल्क शल्यक्रिया गरेको नगर प्रमुख भरतकुमार थापाले जानकारी दिए ।
उनका अनुसार जिल्लाको क्षेत्र नं ३ का सबै स्थानीय तहमा भएको निःशुल्क आँखा परीक्षणबाट करिब पाँच हजार जनाले आँखा परीक्षण गराएका थिए । साथै मोतिविन्दुको समस्या देखिएका तीन सय ९७ जनाको निःशुल्क शल्यक्रिया गरिएको हो ।
जिल्लाको बागमती, हरिवन, हरिपुर र बरहथवा नगरपालिकाका साथै बसबरिया र रामनगर गाउँपालिकामा करिब शिविर एक सातासम्म चलेको थियो ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया