हेटौंडामा विद्युतीय तार भूमिगत गरिने
बाग्मती । बाग्मती प्रदेशको राजधानी हेटौंडामा रहेको विद्युतीय तारलाई भूमिगत गर्ने निर्णय गरिएको छ ।
हेटौँडा उपमहानगरपालिकाको २०औँ कार्यपालिका बैठकले यहाँको मुख्य बजार क्षेत्रका खम्बामा रहेका तारलाई भूमिगत गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै हेटौँडा नगर क्षेत्रबाट बिस्तारै खम्बा र तार विस्थापित गरिने बताइएको छ ।
उपमहानगरपालिकाअनुसार वडा नं १, २, ४, ५ र १० का विभिन्न स्थानका खम्बामा रहेका तारलाई भूमिगत गरिने छ । तार व्यवस्थापनका लागि नेपाल विद्युत् प्राधिकरणलाई कार्यपालिकाको बैठकले गरेको निर्णयसँगै सिफारिसपत्रसमेत पठाउने तयारी रहेको नगरप्रमुख मीनाकुमारी लामाले बताइन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया