अत्यावश्यक बाहेक मन्त्री र उच्च पदस्थ कर्मचारीलाई विदेश भ्रमणमा रोक
काठमाडौं । सरकारले अतिआवश्यक बाहेक मन्त्री र उच्च पदस्थ कर्मचारी विदेश भ्रमणमा जान रोक लगाएको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले अति आवश्यक बाहेक मन्त्री र कर्मचारीलाई विदेश भ्रमणमा जान रोक लगाउने निर्णय गरेको जानकारी दिइन् ।
वैदेशिक भ्रमणमा फजुल खर्च हुन थालेपछि ३० फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमणमा रोक लगाएको मन्त्री शर्माले जानकारी दिइन् ।
बैठकले पूर्वमुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयका सचिवको संयोजकत्वमा कार्यन्वयन सहजीकरण समिति गठन गर्ने निर्णयसमेत गरेको छ ।
त्यस्तै यति एयरको विमान दुर्घटनाको जाँच आयोगको म्याद ४५ दिन थप गर्ने निर्णय पनि गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया