स्याउमा रोग लाग्दा किसान चिन्तित
जुम्ला । स्याउका बिरुवामा रोग कीरा लाग्दा जुम्लाका किसान चिन्तित बनेका छन् । जुम्ली किसानको मुख्य आम्दानीको स्रोत स्याउ भएकाले उत्पादनमा कमी आउने हो कि भनेर स्याउ किसानलाई चिन्तित बनाएको तिला गाउँपालिका–१ का नर रावतले बताए ।
कीराको सङ्क्रमण स्याउ बगैँचमा फेला पर्ने बित्तिकै कृषि प्राविधिकको परामर्श लिने गरेको छु । सिँचाइ, मलखादको चिन्ता छैन । रोग कीराबाट स्याउका बिरुवा कसरी जोगाउने भन्ने चिन्ताले पिरोलिरहेको तिला गाउँपालिका–२ स्याउ किसान दलबहादुर रावतले जानकारी दिए । स्याउ बगैँचामा बिरुवा रोप्न जति सजिलो छ, त्यसभन्दा बढी बिरुवा हुर्काएर स्याउ फलाउन कठिन छ ।
स्याउ किसान रावतले भने, ‘वर्षैंपिच्छे कुनै न कुनै रोग कीराको सङ्क्रमण भइरहेको हुन्छ । त्यसैले वर्षभरि नै रेखदेख गरिराख्नुपर्छ ।’ बगैँचामा गत वर्ष भुवादार लाइकीरा र कत्ले कीराको प्रकोप देखिएको थियो । तर समयमै पत्ता लागेकाले विषादी प्रयोग गरी त्यसलाई निर्मूल पारेको स्याउ किसान रावतको भनाइ छ ।
जिल्लाका अधिकांश स्याउ बगैँंचाका बोटमा सो समस्या देखापरेको जनगुनासो आउने गरेको यहाँका स्थानीय तहका कृषि शाखाले जनाएका छन् । जुम्ली स्याउमा बर्सेनि रोग कीराको सङ्क्रमण देखिँदा उत्पादनमा ह्रास आएको तातोपानी गाउँपालिकाका स्थानीयवासी पूर्णप्रसाद चौलागाईंले जानकारी दिए ।
बागवानी अनुसन्धान केन्द्र जुम्लाका अनुसार स्याउको बिरुवा रोप्नु पहिले भाले र माउ जातको स्याउको बिरुवा स्पष्टरूपमा छुट्याउनुपर्ने जनाएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार हरेक वर्ष रोग कीराका कारण करिब ४० प्रतिशत स्याउका बिरुवा नष्ट हुने गरेको कार्यालय प्रमुख गणेश अधिकारीले जानकारी दिए। जिल्लाभरि चार हजार दुई सय ५० हेक्टर क्षेत्रफलमा स्याउखेती गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया