चुरेबस्तीमा खानेपानी अभाव
दोधारा चाँदनी । कञ्चनपुरको बेदको नगरपालिका–२ स्थित चुरे नजिकै रहेको बस्तीमा खानेपानी अभाव हुँदा स्थानीय समस्यामा परेका छन् ।
यहाँका स्थानीय धनबहादुर चौधरीले वर्षौंदेखि खानेपानीको समस्या झेलिरहेको बताए । ‘यहाँका खानेपानीको ट्याङ्की बन्न लागेको चार/पाँच वर्ष भयो अहिलेसम्म बन्न सकेको छैन’, उनले भने, ‘खानेपानी नहुँदा गाईवस्तु पाल्नसमेत मुस्किल परेको छ ।’ उनले यहाँको मुक्तकमैया शिविरमा झन् समस्या परेको बताए ।
खोलाबाट आएको दुई/तीनवटा धारा भए पनि त्यहाँ पानीका लागि घण्टौँ लाइन बस्नुपर्ने उनले बताए । ‘जेठ/असारसम्म यहाँ खानेपानीको हाहाकार नै हुन्छ’, उनले भने, ‘पानी अभावकै कारण यहाँको खेत पनि बाँझो छ ।’ पानी भर्नका लागि यहाँका साँझबिहान घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीय यशमती चौधरीले बताए । ‘पानीको अभावले खेतबारी सबै बाँझो छ गाईवस्तु पाल्न सकेका छैनौँ’, उनले भने, ‘खेत बाँझो छोडेर खाद्यान्न किन्न मजदुरी गर्नुपर्ने बाध्यता ।’ उनले यहाँ मुक्तकमैया पुनस्र्थापना भएदेखि नै खानेपानीको समस्या झेलिरहेको बताए ।
पानीकै अभाव हुँदा आफ्नो खेतमा तरकारीसमेत फलाउन नसकेको स्थानीयवासी अनिता थारूले बताए । ‘हामीले तरकारीसमेत किनेर खानुपर्ने बाध्यता खानेपानी भइदिएको भए हामी आफ्नो खेतमा थोरै भए पनि उब्जनी गर्ने थियौँ ।’ उनले भने, ‘नजिकै खानेपानीको ट्याङ्की बनेको पनि वर्षौं भयो अहिलेसम्म पानी खान पाएका छैनौँ ।’
बेदकोट नगरपालिका–२ का वडाअध्यक्ष नरेशबहादुर सिंहले यहाँ खानेपानी योजना अन्तिम चरणमा रहेकाले नायँ वर्षदेखि धारामा पानी छोड्ने तयारीका साथ काम भइरहेको बताए । ‘यहाँ बहुवर्षीया खानेपानी आयोजना भएकाले जति बजेट आयो त्यति मात्रै काम हुन्छ’, अध्यक्ष सिंहले भने, ‘बजेटअनुसार उपभोक्ता समितिले काम गर्ने भएकाले केही समय लागेको हो ।’
उनले सङ्घीय सरकारको बहुवर्षे खानेपानी आयोजनाअन्तर्गत यहाँ १० करोड लागतमा खानेपानी योजना सम्पन्न हुन लागेको बताए । ‘अहिले पाइप बिछ्याउने काम अन्तिम चरणमा छ, नयाँ वर्षदेखि उपभोक्ताले खानेपानी पाउँछन्’, उनले भने, ‘यो योजना बनेपछि यहाँ रहेको खानेपानीको समस्या समाधान हुन्छ ।’
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया