थप ५१ जनामा कोरोना संक्रमण
काठमाडौं । शुक्रबार नेपालभर थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ९१४ जनाको कोरोना परीक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या तीन हजार ९९६ रहेको छ । पछिल्लो समय ३९२ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै निको हुनेको संख्या लाख ६२ हजार १७३ पुगेको छ । निको हुने दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि ज्यान गएको छैन । मन्त्रालयका अनुसार २०० भन्दाबढी संक्रमित भएका जिल्लामा ललितपुर, काठमाडौं, चितवन र बाँके छन् । मनाङ, रुकुमपूर्व, बाजुरा र जुम्लामा कोही पनि कोरोनाबाट संक्रमित छैनन् ।
नेपालमा संक्रमण दर १७.८ प्रतिशत छ । हाल होम आइसोलेसनमा तीन हजार ९२७, संस्थागत आइसोलेसनमा ६९, आइसियुमा २७ र भेन्टिलेटरमा ६ जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा देशभर २९ हजार ३९० जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया