रोष्टममा प्रधानमन्त्री नदेखेपछि संसदमा एमालेको लफडा
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीलाई संसदको रोष्टममा नदेखेपछि विरोध जनाएको छ । आइतबार संसद भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री उपस्थित हुँदा हुँदै विभागीय मन्त्रीलाई विधेयक पेस गर्न लगाएकोमा नियमापत्ति जनाएको हो ।
एमाले सांसदहरु योगेश भट्टराई र रघुजी पन्तले प्रधानमन्त्रीले संसद्लाई महत्त्व नदिएको भन्दै आपत्ति जनाए । प्रधानमन्त्रीले नै पेस गर्नुपर्ने विधेयक प्रधानमन्त्री बैठकमा हुँदा हुँदै अर्को मन्त्रीलाई ‘ट्रान्सफर’ गर्न नमिल्ने सांसदहरू योगेश भट्टराई र रघुजी पन्तले आपत्ति जनाए ।
सभामुख देवराज घिमिरेले संवैधानिक परिषद्सम्बन्धी (पहिलो संशोधन) विधेयक पेस गर्नका लागि प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचाप्रविधिमन्त्री रेखा शर्मालाई समय दिएका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया