रोष्टममा प्रधानमन्त्री नदेखेपछि संसदमा एमालेको लफडा
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीलाई संसदको रोष्टममा नदेखेपछि विरोध जनाएको छ । आइतबार संसद भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री उपस्थित हुँदा हुँदै विभागीय मन्त्रीलाई विधेयक पेस गर्न लगाएकोमा नियमापत्ति जनाएको हो ।
एमाले सांसदहरु योगेश भट्टराई र रघुजी पन्तले प्रधानमन्त्रीले संसद्लाई महत्त्व नदिएको भन्दै आपत्ति जनाए । प्रधानमन्त्रीले नै पेस गर्नुपर्ने विधेयक प्रधानमन्त्री बैठकमा हुँदा हुँदै अर्को मन्त्रीलाई ‘ट्रान्सफर’ गर्न नमिल्ने सांसदहरू योगेश भट्टराई र रघुजी पन्तले आपत्ति जनाए ।
सभामुख देवराज घिमिरेले संवैधानिक परिषद्सम्बन्धी (पहिलो संशोधन) विधेयक पेस गर्नका लागि प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचाप्रविधिमन्त्री रेखा शर्मालाई समय दिएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया