रासायनिक मलमा गरिएको मूल्यवृद्धिप्रति एमालेको ध्यानाकर्षण
काठमाडाैं । रासायनिक मलमा दिँदै आएको अनुदानमा कटौती गरी मूल्यवृद्धि गरिएकोमा नेकपा (एमाले) ले सरकालाई ध्यानाकर्षण गराएको छ । एमालेले विज्ञप्तिमार्फत कृषि तथा पशुपन्छी विकास विभागकलाई ध्यानाकर्षण गराएको हो ।
सरकारले युरियामा प्रतिकेजी ११ रुपैयाँ, डिएपीमा ७ रुपैयाँ र पोटासमा ९ रुपैयाँले मूल्यवृद्धि गरेको छ । जसको मार नेपाली किसान उपभोक्तामा पर्न गएको एमालले विज्ञप्तिमार्फत जनाएको छ ।
सरकारले रासायनिक मलमा अनुदान कटौतीको निर्णयबाट स्वदेशी उत्पादनलाई निरुत्साहित गरी भारतीय कृषि उपजको व्यापार बढाउनतर्फ रहेको एमालेको टिप्पणी छ । विज्ञप्तिमा भनिएको छ, ‘यसरी मूल्यवृद्धि गर्दा उत्पादन लागत बढ्ने र उत्पादित कृषि उपजहरुको अत्याधिक मुल्यवृद्धि हुँदा स्वदेशीभन्दा विदेशी उत्पादन सस्तो पर्न गई कृषि उपजमाथिको परनिर्भरता बढाउनेतर्फ सरकार लागिपरेको प्रष्ट हुन्छ ।’
मलको अभाव खेपिरहेको किसानलाई मार पर्ने गरी मूल्यवृद्धि गर्ने निर्णयको औचित्य नहुने एमालले जनाएको छ । त्यस्तै विज्ञप्तिमार्फत एमालेले नेपाली किसान र कृषि क्षेत्रलाई थप निरुत्साहित गर्ने गरी अत्यान्तै हचुवाको भरमा गरिएको असंवेदनशील निर्णय भएको बताएको छ ।
साथै बिनाआधार मलको मूल्यवृद्धि गर्ने निर्णय सच्चाएर मूल्य यथावत कायम राख्न र मलको सहज आपूर्तिका लागि एमालेले सरकारसँग मागसमेत राखेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया