युएईसँग किन हार्यो नेपाल ?

काठमाडौं । १६९ रनको सामान्य लक्ष्यसमेत पछ्याउन नसक्दा नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत दोस्रो खेलमा युएईसँग ४८ रनले पराजित भएको छ ।
नेपाल ३५.१ ओभरमै सबै विकेट गुमाएर १२० रनमात्र बनाउँदै पराजित हुन पुगेको हो ।
नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै युएईजस्तो राम्रा ब्याटर भएको टोलीलाई १६८ रनको मध्यम स्तरको स्कोरमै समेट्न सफल भए ।
नेपालका लागि सोमपाल कामीले ४, करण केसीले ३ तथा कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले १–१ विकेट लिए ।
तर, नेपालको ब्याटिङ चल्न सकेन ।
ओपनरद्वय कुशल भुर्तेल र आरिफ शेखले सोचेजस्तो प्रदर्शन गर्न सकेनन् । कुशलले ११ रन बनाए । तर, आरिफले त दोहोरो अंकको रनसमेत बनाउन सकेनन् । उनी ७ रनमा आउट भए ।
त्यसपछि आएका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले केही आशा जगाए । तर उनी पनि नेपाललाई चाहिएको बेला टिक्न सकेनन् । उनी २८ रन बनाए आउट भए ।
चौथो क्रममा आएका दीपेन्द्रसिंह ऐरी पनि मात्र ४ रन जोडेर रनआउट हुन पुगे ।
पाँचौ क्रममा आएका रोहित पौडेलले नेपालको इनिङ्स अघि बढाए । उनले १०७ रनको स्थितिसम्म नेपाललाई पुर्याए । अर्धशतक बनाउनबाट ४ रनले मात्रै चुनका उनी बिग सट खेल्नेक्रममा क्याच आउट भए ।
रोहित आउट भएपछि नेपालको ब्याटिङ धर्मरायो । उनीपछि आएका कुनै पनि ब्याटर टिक्न सकेनन् ।
सोमपाल ६ रनमा पवेलियन फर्के भने कमलसिंह ऐरीले खातासमेत खोल्न सकेनन् ।
त्यसपछि आएका करण केसीले आशा जगाउने प्रयास नगरेरका होइनन् । तर, उनी पनि सम्हालिएर खेल्न सकेनन्, ६ रनमै आउट भए ।
कप्तान सन्दीप लामिछानेले ५ बलमा ७ रन बनाउँदै आउट भएपछि नेपालले १० औँ विकेट गुमायो ।
नटआउट रहेका सागर ढकालले ११ बल खेल पनि खाता खोल्न सकेनन् ।
नेपालको आजको पराजयको प्रमुख कारण ब्याटरहरू सम्हालिएर खेल्न नसक्नु र अनावश्यक ठूला सट खेल्न खोज्नु रहेको विश्लेषण गरिएको छ ।
यदि, ब्याटरहरूले एकजना बराबर कम्तीमा १० मात्र बनाउन सकेका भए नेपालले मध्यम लक्ष्य सजिलै पुर्याउन सक्थ्यो ।
प्रतिक्रिया