सलमान खानलाई फेरि आयो धम्की, तीनविरुद्ध एफआइआर दर्ता

काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई इमेलमार्फत धम्की दिइएको छ । यसबारे जानकारी पाएलगत्तै मुम्बई प्रहरीले गैंगस्टर लरेन्स बिश्नोई, गोल्डी बरार र अर्का एक व्यक्तिविरुद्ध एफआइआर दर्ता गरेको छ।
समाचार एजेन्सी पिटिआईका अनुसार, धम्कीपूर्ण इमेलमा ‘गोल्डी भाइ (गोल्डी बरार) सलमान खानसँग आमनेसामने बसेर कुरा गर्न चाहन्छन्’ लेखिएको छ ।
पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यामा संलग्नको आरोपमा लरेन्स बिश्नोई र गोल्डी बरार पञ्जाबको बठिंडा जेलमा छन्।
सुरुमा यो उजुरी प्रशान्त गुञ्जालकरले बान्द्रा प्रहरीमा दर्ता गराएका हुन् । कलाकारसँग सम्बन्धित एउटा व्यवस्थापन कम्पनी चलाउँदै आएका गुञ्जालकर बान्द्रास्थित सलमान खानको घरमा बारम्बार आउने गरेका छन् ।
एफआईआरलाई उद्धृत गर्दै अधिकारीले गुंजालकर शनिबार दिउँसो ग्यालेक्सी अपार्टमेन्टस्थित सलमान खानको कार्यालयमा रहेको र त्यहाँ उनले ‘रोहित गर्ग’ को आइडीबाट एउटा इमेल देखेको जनाएका छन् ।
हिन्दीमा लेखिएको उक्त इमेलमा भनिएको छ– सलमान खानले हालै न्युज च्यानलमा प्रसारित लरेन्स बिश्नोईको अन्तर्वार्ता अवश्य हेर्नुभएको होला, यदि छैन भने हेर्नुहोला । सलमान खान यो मामिला बन्द गर्न चाहन्छन् भने उनले गोल्डी भाइसँग आमनेसामने बसेर कुा गर्नुपर्नेछ ।’
इमेलमा यो पनि लेखिएको छ कि अझै समय छ नत्र अर्को पटक झट्का देख्नेछ ।
सलमान खानले पहिलो पटक यस्तो धम्की सामना गरेको भने होइन । यसअघि जुन २०२२ मा पनि एक अज्ञात व्यक्तिले सलमान खान र उनका बाबुको ज्यान मार्ने धम्की दिएको थियो ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया