सलमान खानलाई फेरि आयो धम्की, तीनविरुद्ध एफआइआर दर्ता
काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई इमेलमार्फत धम्की दिइएको छ । यसबारे जानकारी पाएलगत्तै मुम्बई प्रहरीले गैंगस्टर लरेन्स बिश्नोई, गोल्डी बरार र अर्का एक व्यक्तिविरुद्ध एफआइआर दर्ता गरेको छ।
समाचार एजेन्सी पिटिआईका अनुसार, धम्कीपूर्ण इमेलमा ‘गोल्डी भाइ (गोल्डी बरार) सलमान खानसँग आमनेसामने बसेर कुरा गर्न चाहन्छन्’ लेखिएको छ ।
पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यामा संलग्नको आरोपमा लरेन्स बिश्नोई र गोल्डी बरार पञ्जाबको बठिंडा जेलमा छन्।
सुरुमा यो उजुरी प्रशान्त गुञ्जालकरले बान्द्रा प्रहरीमा दर्ता गराएका हुन् । कलाकारसँग सम्बन्धित एउटा व्यवस्थापन कम्पनी चलाउँदै आएका गुञ्जालकर बान्द्रास्थित सलमान खानको घरमा बारम्बार आउने गरेका छन् ।
एफआईआरलाई उद्धृत गर्दै अधिकारीले गुंजालकर शनिबार दिउँसो ग्यालेक्सी अपार्टमेन्टस्थित सलमान खानको कार्यालयमा रहेको र त्यहाँ उनले ‘रोहित गर्ग’ को आइडीबाट एउटा इमेल देखेको जनाएका छन् ।
हिन्दीमा लेखिएको उक्त इमेलमा भनिएको छ– सलमान खानले हालै न्युज च्यानलमा प्रसारित लरेन्स बिश्नोईको अन्तर्वार्ता अवश्य हेर्नुभएको होला, यदि छैन भने हेर्नुहोला । सलमान खान यो मामिला बन्द गर्न चाहन्छन् भने उनले गोल्डी भाइसँग आमनेसामने बसेर कुा गर्नुपर्नेछ ।’
इमेलमा यो पनि लेखिएको छ कि अझै समय छ नत्र अर्को पटक झट्का देख्नेछ ।
सलमान खानले पहिलो पटक यस्तो धम्की सामना गरेको भने होइन । यसअघि जुन २०२२ मा पनि एक अज्ञात व्यक्तिले सलमान खान र उनका बाबुको ज्यान मार्ने धम्की दिएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया