रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय
काठमाडाैं । सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ ।
आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अनुदान कटौती नगरी यथावत राख्ने निर्णय गरेको हो ।
यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो। अनुदान घटाएपछि र मूल्यवृद्धिपछि विभिन्न निकायबाट चर्को आलोचना/ विरोध हुँदै आएको थियो ।
आइतबार प्रतिनिधिसभाको बैठकमा पनि एमालेका सांसदहरूले मल अनुदानमा सरकारले गरेको कटाैती र मूल्यवृद्धिमाथि कुरा उठाएका थिए । एमालेले विज्ञप्तिमार्फत पनि सरकारको ध्यानाकर्षण गरेको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया