रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय
काठमाडाैं । सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ ।
आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अनुदान कटौती नगरी यथावत राख्ने निर्णय गरेको हो ।
यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो। अनुदान घटाएपछि र मूल्यवृद्धिपछि विभिन्न निकायबाट चर्को आलोचना/ विरोध हुँदै आएको थियो ।
आइतबार प्रतिनिधिसभाको बैठकमा पनि एमालेका सांसदहरूले मल अनुदानमा सरकारले गरेको कटाैती र मूल्यवृद्धिमाथि कुरा उठाएका थिए । एमालेले विज्ञप्तिमार्फत पनि सरकारको ध्यानाकर्षण गरेको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया