हँसाउन नसकेको आलोचनापछि मुन्द्रेका निर्देशकले दिए स्पष्टीकरण
काठमाडौं । हाँस्य कलाकार जितु नेपालले ‘मुन्द्रेको कमेडी क्लब’ पुनः सुरु गरेका छन् । लामो समय रोकिएको कार्यक्रमको तेस्रो सिजनलाई उनले नयाँ टिमसहित गत बिहीबारबाट पुनः प्रसारणमा ल्याएका हुन् ।
नयाँ सिजनको निर्देशन गर्ने जिम्मा सञ्चारकर्मी दिनेश डिसीले पाएका छन् । सुरुमा दीपा श्री र त्यसपछि नायिका करिष्मा मानन्धरले निभाएको अध्यक्षको भूमिकामा मुन्द्रेले नायिका प्रियंका कार्कीलाई भित्राएका छन् । दमन रूपाखेतीलाई पनि यो सिजनमा उपाध्यक्षका रूपमा देख्न सकिन्छ । दमन मुन्द्रेका पुराना सहयात्री हुन् ।
यो सिजनका कलाकारहरूमा राजेन्द्र नेपाली, दिनेश काफ्ले, प्रभात लामा, एलिना बाँस्कोटा र श्याम राना मगर छन् । अघिल्लो सिजनका केही र नयाँ मिसाएर उनले नयाँ टिम तयार गरेका हुन् ।
मुन्द्रेकै जस्तो अर्को पनि सो सञ्चालनमा रहेकाले प्रतिस्पर्धामा खरो उत्रनु पर्ने चुनौती यस पटक छ । लामो विश्रामपछि पुनः प्रसारणमा आएको मुन्द्रेको कमेडी क्लब यो समाचार तयार पार्दासम्म युट्युब ट्रेन्डिङको आठौं स्थानमा छ । तर पहिलो एपिसोडबारे सकारात्मक भन्दा नकारात्मक प्रतिक्रिया बढी आएका छन् । हाँस्यमूलक कार्यक्रम भए पनि हाँस्य रस कम भएको अधिकांशको गुनासो छ । युट्युबमा एक दर्शकले मुन्द्रेलाई प्रश्नै गरेका छन्– आखिर हाँस्नेचाहिँ कहाँनिर हो ?
निर्देशक डिसीले पनि यो कुरा स्वीकार गरेका छन् । पहिलो एपिसोड परिचयात्मक भएकाले हाँस्य खुराक कम भएको उनको भनाइ छ ।
‘मुन्द्रेको कमेडी क्लब (एमसीसी) को पहिलो एपिसोड ‘पात्र परिचय’ को एपिसोड हुँदा कति हाँस्य खुराक कम पनि थियो । निर्देशकका रूपमा म यो स्वीकार गर्दछु,’ उनले सामाजिक सञ्जालमा प्रष्टीकरण दिँदै लेखेका छन् ।
आगामी एपिसोडमा यो पाटोलाई ध्यान दिने पनि उनले उल्लेख गरेका छन् । आशा गरौं, आगामी एपिसोडमा पहिलोमा जस्तो हाँस्ने भेउ नपाएर दर्शक अलमलिनु पर्ने छैन ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया