आज पनि बैंक तथा वित्तीय संस्थाहरु खुल्ने
काठमडाैं । आज घोडेजात्राको सार्वजनिक बिदा भए पनि बैंक तथा वित्तीय संस्थाहरु खुल्ला रहने भएका छन् ।
नेपाल राष्ट्र बैंकले एक सूचना जारी गदै उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, इलेक्ट्रोनिक चेक क्लियरिङ्ग, आरटिजीएस लगायतका अत्यावश्यक बैंकिङ्ग सेवा सूचारु राख्न बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउनु निर्देशिन दिएको छ ।
‘घोडेजात्राका दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा रहेता पनि उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, विद्युतीय चेक भुक्तानी (इसीसी), आरटीजीएसलगायतका आवश्यक बैंकिङ सेवा सञ्चालन राख्न आवश्यक व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ ।’ सुचनामा उल्लेख छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया