नाकमा तेल हाल्दा के हुन्छ ?
एजेन्सी । नाक बन्द हुँदा वा रुघाखोकीको समस्या हुँदा हामी नाम खुलाउन भिक्स वा सन्चोको प्रयोग गछौं । तर यसको विकल्प तेल पनि बन्न सक्छ । नाकमा तेल हाल्नु फाइदाजनक हुने गर्छ ।
यसको प्रयोगल नाकको कयौं समस्याबाट राहत मिल्ने विज्ञ बताउँछन् । यसले मौसमी रोग निको हुनुका साथै फङ्गल इन्फेक्सन र ब्याक्टेरियल इन्फेक्सनको जोखिम कम गर्छ । नाकमा तोरी, नरीवल, बदाम, तिलको तेल हाल्नु लाभायिक हुन्छ ।
तोरीको तेल
तोरीको तेलमा धेरै एन्टिब्याक्टेरियल, एन्टिफङ्गल र एन्टी इन्फ्लेमेटरी गुणहरु हुन्छन् । जसले नाक सुन्निने र दुख्ने समस्याबाट राहत दिन्छ । यसै गरी, मौसमी रोग जस्तै रुघाखोकी, फ्लु, चिसो,आदि समस्याबाट पनि राहत दिन तोरीको तेल उपयोगी छ । यति मात्र नभइ तोरीको तेलले नाक सुख्खा हुने र चिलाउने समस्या पनि निको पार्छ ।
बदामको तेल
बदामको तेल पनि नाकको लागि प्रभावकारी छ । विज्ञहरुका अनुसार राति सुत्दा नाकमा बदामको तेल नियमित राख्दा कपाल झर्ने समस्या हट्छ भने यसले स्मरणशक्तिमा सुधार ल्याउँछ । टाउको दुख्ने समस्या भएकालाई पनि बदामको तेल फलदायी छ ।
नरिवलको तेल
बदामको तेल सँगै नरिवलको तेलसमेत नाकमा राख्न सकिन्छ । नरिवलको तेलमा हुने गुणले नाक बन्द हुने समस्या हुन दिदैन् । नाक बन्द हुँदा केही थोपा नरिवलको तेल नाकमा हाल्दा नाक खुल्छ ।
जैतुनको तेल
जैतुनको तेलमा भिटामिन ई र एन्टिअक्सिडेन्ट गुणहरू प्रशस्त पाइन्छन् । जसले श्वासप्रश्वाससम्बन्धी समस्या निको हुन्छ । यसका साथै यसको प्रयोगले पिनासको समस्या पनि हुन दिदैन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया