यी हुन् ८ वर्ष कैद सजाय सुनाइएका उपसचिव
काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दामा चार जना उपसचिवलाई सजाय सुनाएको छ । यसको साथै अन्य नौ जना कर्मचारीमाथि सजाय निर्धारण गरिएको छ ।
इटहरीस्थित यातायात कार्यालय, कोसीमा कार्यरत कर्मचारीविरुद्ध दायर भ्रष्टाचार मुद्दामा नौ जनालाई कसुर कायम गर्दै ३० फागुनमा विशेषले बुधबारका लागि सजाय निर्धारण पेसी तोकेको थियो ।
विशेष अदालतका उपरजिष्ट्रार नारद भट्टराईका अनुसार उपसचिव रमेशप्रसाद दाहाल, विष्णुप्रसाद पौडेल र नयराज नेपाललाई आठ–आठ वर्ष कैद हुने भएको छ । उनीहरूलाई क्रमशः ३ करोड २ लाख, ५ करोड ८३ लाख र ६ करोड १७ लाख रूपैयाँ बिगो तथा बिगो रकमको दोब्बर जनही जरिवानाको सजाय सुनाइएको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालीगञम कोइराला र बलभदञ् बास्तोलाको इजलासले यस्तो फेस्ला गरेको हो ।
यातायात कार्यालयका लेखा अधिकृत कुमारबहादुर कटुवाललाई भने ६ वर्ष कैद हुने भएको छ । फैसलाअनुसार उनलाई ५० लाख ८२ हजार रूपैयाँभन्दा बढी बिगो र त्यसको दोब्बर जरिवाना भराइनेछ । अर्का लेखा अधिकृत टीकाराम अधिकारीलाई भने नौ वर्ष कैद, १४ करोड सात लाख रूपैयाँभन्दा बढी बिगो र यसको दोब्बर जरिवाना हुनेछ ।
यातायात कार्यालयका लेखापाल सुरेश अधिकारीलाई पनि नौ वर्ष कैद सजाय सुनाइएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया