विज्ञापनबारे आलोचना भएपछि करिश्माले भनिन्, ‘कहिलेकाहीं हास्नु पनि पर्छ’
काठमाडौं । केही समययता बारम्बार आलोचना खपिरहनेमध्यमा पर्छिन् नायिका करिश्मा मानन्धर । कहिले राजनीतिक अभिव्यक्ति त कहिले आफूलाई कुमारी आमा दाबी गर्ने निहारिका राजपूतसँगको विषयलाई लिएर विवादमा तानिने उनी यसपटक विज्ञापन खेलेरै आलोचित भइन् ।
‘बोस सोलार हिटर’ को विज्ञापनलाई लिएर यतिबेला उनको आलोचना भइरहेको छ । विज्ञापनमा गरिएको उक्त अभिनय भद्दा र करिश्माको व्यक्तित्वलाई नसुहाएको भन्दै भइरहेको आलोचनाबीच करिश्माले मुख खोलेकी छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले त्यसमा त्यसमा त्रुटी भएको स्वीकार गरेकी छिन् । कलाकारको नाताले दर्शक झुक्याउने मनासाय नरहेको र गल्ती सबैबाट हुने भएकाले गल्तीलाई सुधार्दै जाने उनको आशय छ ।
‘त्रुटी मानिस बाटै हुने हो! यसको प्चारको काममा मेरो उपस्थिती रहने भएपनि प्रचार निर्माण सामाग्रीमा मेरो हात हुँदैन!,’ उनले लेखेकी छिन्, ‘सुझावसम्म दिन सकिन्छ, जुन निर्माण पक्षले लिनपनि सक्नुहुन्छ नलिन पनि सक्नुहुन्छ । मेरो काम भनेको भनेअनुसार गर्ने हो ।’
आएका प्रतिक्रियालाई आफूले सकारात्मक रूपमा लिएको बताउँदै करिश्मा थपि लेख्छिन्, ‘कहिलेकाहीं हास्नु पनि पर्छ ।’
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया