विज्ञापनबारे आलोचना भएपछि करिश्माले भनिन्, ‘कहिलेकाहीं हास्नु पनि पर्छ’

काठमाडौं । केही समययता बारम्बार आलोचना खपिरहनेमध्यमा पर्छिन् नायिका करिश्मा मानन्धर । कहिले राजनीतिक अभिव्यक्ति त कहिले आफूलाई कुमारी आमा दाबी गर्ने निहारिका राजपूतसँगको विषयलाई लिएर विवादमा तानिने उनी यसपटक विज्ञापन खेलेरै आलोचित भइन् ।
‘बोस सोलार हिटर’ को विज्ञापनलाई लिएर यतिबेला उनको आलोचना भइरहेको छ । विज्ञापनमा गरिएको उक्त अभिनय भद्दा र करिश्माको व्यक्तित्वलाई नसुहाएको भन्दै भइरहेको आलोचनाबीच करिश्माले मुख खोलेकी छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले त्यसमा त्यसमा त्रुटी भएको स्वीकार गरेकी छिन् । कलाकारको नाताले दर्शक झुक्याउने मनासाय नरहेको र गल्ती सबैबाट हुने भएकाले गल्तीलाई सुधार्दै जाने उनको आशय छ ।
‘त्रुटी मानिस बाटै हुने हो! यसको प्चारको काममा मेरो उपस्थिती रहने भएपनि प्रचार निर्माण सामाग्रीमा मेरो हात हुँदैन!,’ उनले लेखेकी छिन्, ‘सुझावसम्म दिन सकिन्छ, जुन निर्माण पक्षले लिनपनि सक्नुहुन्छ नलिन पनि सक्नुहुन्छ । मेरो काम भनेको भनेअनुसार गर्ने हो ।’
आएका प्रतिक्रियालाई आफूले सकारात्मक रूपमा लिएको बताउँदै करिश्मा थपि लेख्छिन्, ‘कहिलेकाहीं हास्नु पनि पर्छ ।’
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया