NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

एक वर्षपछि जनगणनाको थप विवरण, तैपनि सार्वजनिक हुनेछैनन् यी कुरा

काठमाडौं । राष्ट्रिय जनगणना, २०७८ को थप  विवरण आज सार्वजनिक गरिने भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले यसअघि प्रारम्भिक विवरण सार्वजनिक गरे पनि पूर्ण विवरण सार्वजनिक गर्न बाँकी छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगणनाको थप विवरण सार्वजनिक गर्ने जानकारी दिएको छ ।

यसअघि ०७८ माघमा सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० थियो ।

थप विवरण सार्वजनिक हुँदा प्रारम्भिक विवरणको जनसंख्याभन्दा करिब पाँच लाख जनसंख्या घट्ने अनुमान गरिएको छ ।

शुक्रबार लिङ्ग र उमेरअनुसारका विवरण, जन्म, मृत्यु, बसाइँसराइ, अपाङ्गता भएका व्यक्तिको विवरण, लैङ्गिक र अल्पसङ्ख्यक, कुल रोजगार र बेरोजगारको विवरण, नेपालमा भएका कुल घर र घरको प्रयोजनका बारेमा थप विवरण सार्वजनिक गरिनेछ । जातजाति, भाषा र धर्मका विवरण भने यस पटक पनि सार्वजनिक हुनेछैन । तयारी अपुग भएकाले यी विवरण सार्वजनिक गर्न केही समय लाग्ने कार्यालयले जनाएको छ ।

कार्यालयले हरेक दश–दश वर्षमा जनगणना कार्यक्रम सञ्चालन गर्दै आएको थियो । पछिल्लो पटक उसले ०७८ कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म यो अभियान देशव्यापी सञ्चालन गरेको थियो ।