एक वर्षपछि जनगणनाको थप विवरण, तैपनि सार्वजनिक हुनेछैनन् यी कुरा
काठमाडौं । राष्ट्रिय जनगणना, २०७८ को थप विवरण आज सार्वजनिक गरिने भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले यसअघि प्रारम्भिक विवरण सार्वजनिक गरे पनि पूर्ण विवरण सार्वजनिक गर्न बाँकी छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगणनाको थप विवरण सार्वजनिक गर्ने जानकारी दिएको छ ।
यसअघि ०७८ माघमा सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० थियो ।
थप विवरण सार्वजनिक हुँदा प्रारम्भिक विवरणको जनसंख्याभन्दा करिब पाँच लाख जनसंख्या घट्ने अनुमान गरिएको छ ।
शुक्रबार लिङ्ग र उमेरअनुसारका विवरण, जन्म, मृत्यु, बसाइँसराइ, अपाङ्गता भएका व्यक्तिको विवरण, लैङ्गिक र अल्पसङ्ख्यक, कुल रोजगार र बेरोजगारको विवरण, नेपालमा भएका कुल घर र घरको प्रयोजनका बारेमा थप विवरण सार्वजनिक गरिनेछ । जातजाति, भाषा र धर्मका विवरण भने यस पटक पनि सार्वजनिक हुनेछैन । तयारी अपुग भएकाले यी विवरण सार्वजनिक गर्न केही समय लाग्ने कार्यालयले जनाएको छ ।
कार्यालयले हरेक दश–दश वर्षमा जनगणना कार्यक्रम सञ्चालन गर्दै आएको थियो । पछिल्लो पटक उसले ०७८ कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म यो अभियान देशव्यापी सञ्चालन गरेको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया