पहिराबाट विस्थापित २५ परिवारलाई जग्गा प्रदान
संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दा र चेप्चेवाका पहिरोबाट विस्थापितलाई जग्गा प्रदान गरिएको छ । गाउँपालिकाले जग्गा खरिद गरी बेसिन्दाका २५ परिवारलाई वडा नं १ को चित्रे गाउँमा पुनःस्थापना गर्न जग्गा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए ।
गत २०७७ साल असार २७ गते राति बेसिन्दामा पहिरो जाँदा बेसिन्दा र चेप्चेवाका ९२ घरपरिवार विस्थापित भएका थिए । पहिरोबाट विस्थापित बेसिन्दाका २५ परिवारलाई जग्गा खरिद गरि रजिष्ट्रेशन पास गरिएको र विस्थापित ९२ घरपरिवारमध्ये ३७ घरपरिवारलाई जग्गा खरिद गरी हस्तान्तरणको प्रक्रिया अघि बढेको अध्यक्ष कुलुङले बताए ।
जिल्ला विपत् व्यवस्थापन समितिले गएको फागुन २९ गते जग्गा खरिद गरी हस्तान्तरण गर्ने निर्णय गरेसँगै गाउँपालिकाभित्र नै बस्न चाहने २५ घरपरिवारका लागि प्रतिरोपनी एक लाख २२ हजार ६४२ मा ५३ रोपनी खरिद गरिएको गाउँपालिका अध्यक्ष कुलुङले बताए ।
यसैगरी १२ घरका लागि बखल्टुम गाउँमा प्रतिरोपनी दुई लाखका दरले १७ रोपनी खरिद गरी हस्तान्तरण गर्न लागिएको छ । पहिराबाट विस्थापित भएका अन्य केही परिवारलाई खाँदबारी नगरपालिकासमेत ल्याउने तयारी भइरहेको उनको भनाइ थियो ।
सिलिचोङका पहिरो पीडित ५५ परिवारलाई भने खाँदबारी नगरपालिका ल्याउने तयारी भइरहेको र त्यसका लागि जग्गा खोजबिन समिति गठन गर्न लागिएको छ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया