२२ अर्बको ट्रेजरी बिल्स जारी गर्दै राष्ट्र बैंक, आजै बोलकबोल
काठमाडौं । नेपाल राष्ट्र बैंकले २२ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल्स जारी गर्ने भएको छ । बैंकिङ प्रणालीमा तरलता अभावलाई न्यूनिकरण गर्न राष्ट्र बैंकले २२ अर्ब १० करोड २५ लाख रुपैयाँ बजारमा प्रवाह गर्न लागेको हो ।
बैंकले २८ दिन, ९१, १८२ र ३६४ दिनको लागि ट्रेजरी बिल्स जारी गर्न लागेक हो । यो ट्रेजरी बिल्स आज दिउँसो तीन बजे बोलकबोल हुने छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइन माध्यमबाट बोलकबोल गर्न सक्नेछन् ।
राष्ट्र बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको छ । जुन २०८० साल वैशाख १२ गते परिपक्क हुने छ । ९१ दिनको लागि ११ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० असार १२ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि ६० करोड जारी गर्न लागेको छ । जुन २०८० साल असोज ९ गते परिपक्क हुनेछ । ३६४ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०८० चैत्र १३ गते परिपक्व हुनेछ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया